काठमाडौं । राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।
गएराति पश्चिम नेपालको जाजरकोटमा आएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा पीडितलाई आवश्यक सहयोगका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहतको टिम सुदुरपश्चिमका सबै कार्यक्रम स्थगित गरी अछामबाट जाजरकोटतर्फ गएको छ।
शाही स्वयंसेवक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको टोली लिएर आजै जाजरकोट पुग्ने कार्यक्रम छ।
राप्रपाले भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्स्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर पनि गरेको छ।
।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतको टोली अहिले नेपालगन्जमा खटिएको छ।
भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा रगतको कमी हुन नदिन उनीहरू संगठित रुपमा परिचालित भएका हुन्।
राप्रपा उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य जनकसिंह ठकुरिको टोली त्रिपाल,खाद्यान्न, लत्ताकपडा र अन्य सामाग्रीसहित जाजरकोट गएको शाहीको निजि सचिवालयले जानकारी दिएको हो।