
देशको बर्तमान अवस्था समेटिएको क्रान्तिकारी गित (दलाली गर ) २०८१ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन बिहान ९ बजे गौरव जोशी युट्युब च्यानल बाट सार्बजनिक हुदैछ। गौरव जोशी र सन्तोष जोशीको शब्द सिर्जना ,कथा लेखन निर्देशन,रहेको उक्त गीतमा डा कृष्ण दत्त जोशी ( बोक्सर ) ले मुख्य भूमिका निभाएका छन। धर्मेन्द्र मल्ल र संगीता मल्लको स्वर ,गोपाल दयाल को संगीत संयोजन रहेको उक्त गीतलाइ दिपेश ठगुन्नाले छायांकन गरेका हुन्।। कन्चनपूराका तिलाचौर,बनगाउँ लगयात बिभिन्न ठाउहरुमा छायांकन भएको उक्त गीतमा गाउ ,समाज ,बेरोजगारी ,प्रदेशीका पिडा ,किशान का समस्या, सहकारी पिडितका समस्या ,अस्पताल ,महिला पुरुष का समस्याहरु देखाउन खोजिएको छ।