बैतडी जिल्लाका मेलौली नगरपालिका बाहेकका ९ स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन अन्तर्गत गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरिएको छ । स्वमुल्यंकनमा मेलौली नगरपालिकाले किन गर्न सकिएन किन ?
स्वमुल्यंकनका आधारमा ९२.५ अंक ल्याएर पुर्चौडी नगरपालिका पहिलो स्थानमा छ भने ६७.२५ अंकका साथ पाटन नगरपालिका अन्तिममा रहेको छ । दोस्रो स्थानमा दशरथचन्द नगरपालिका ८६. २५ शिवनाथ र दोगडाकेदार गाउँपालिकाले समान ८४.७५ ल्याएका छन् । यस्तै जिल्लाको सुर्नया गाउँपालिका ८०.७५, पञ्चेश्वर गाउँपालिका ८०, डिलाशैनी गाउँपालिका ७८ र सिगास ७७.५ अंक प्राप्त गरेको छ ।
मेलौली नगरपालिकाले अहिलेसम्म नजिता सार्वजनिक गर्न सकेको छैन । यस नगरपालिकाले हाल सम्म गरेका कार्यहरूको कार्यसम्पादन हुन नसकेकै कारण उक्त नतिजा नआएको बताईन्छ । हुन त दोस्रो स्थानिय तहको निर्वाचन भएर दुईदुई आर्थिक बर्षको बजेट बाडफाड भई सक्दा समेत नगरपालिकाले प्रशासकिय अधिकृत पाएको छैन । काम चलाऊ अधकृतले काम भईरहेको छ ।
स्थानीय तहको कार्यप्रकिया, उपलब्धि तथा दुर्बल पक्षहरूको पहिचान गर्ने उद्देश्यले स्वमूल्याङ्कन प्रक्रिया सम्पन्न गरेको हो । यो स्वमूल्याङ्कनले स्थानीय तहहरूलाई विकास, सुशासन सुधार र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम तयार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार बैतडी जिल्लाका १०वटा स्थानीय तहको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ ।