यस वर्ष ७ महिनामा कालोपत्रे स्तरको नयाँ सडक २ सय ७६ किलोमिटर निर्माण भएको छ, यसअनुसार हरेक दिन औसतमा १.३१ किलोमिटर मात्र सडक कालोपत्रे भएको देखिन्छ ।
२ फागुन, काठमाडौं । छिमेकी भारतले १०० घण्टामा १०० किलोमिटर एक्सप्रेस वे बनाएर विश्व रेकर्ड कायम गरेको छ । तर, नेपालमा भने चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिदिन औसत जम्मा १.३१ किलोमिटरका दरले सडक कालोपत्रे भएको पाइएको छ ।
यसअघि प्रतिदिन ५ किलोमिटरका दरको रफ्तारमा हुने सडक कालोपत्रे यस वर्ष घटेको स्वयम् सरकारी निकायले स्वीकार गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार माघ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् ।