काठमाडाैँः बैतडीको डिलाशैनी गाउँपालिका घर भइ संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाएर एकपछी अर्को गर्दै गायक श्रीकान्त राना क्षेत्रीले भने देश प्रतिको मह देखाउदै मीठो सुमधुर गित ‘केही गर्नुछ देशका लागि’ बजारमा लिएर आएका छन ।अहिले उनका गीत लाेकप्रिय बन्दै आएका छन ।

उनको आफ्नै ‘श्रीकान्त राना क्षेत्री’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा लय/शब्द पनि उहाँ आफ्नै रहेको छ भने सोही गितमा स्वर पनि गायक श्रीकान्त कै रहेको छ भने गायिकामा उहाँलाई बर्षा जेठाराले साथ दिएकी छन् । संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन्।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा शब्द रचना श्रीकान्त राना क्षेत्री र शान्ति विष्टको रहेको छ । गीतको विशेष सल्लाहकारमा मौसम गुरुङ रहेका छन् ।
देशका लागि केही गर्ने सोच भएका युवाहरूको साथ र सहयोगबाट गीत सार्वजनिक गर्न आफूलाई सहज भएको उनले बताए ।
गीत बजारमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गीतमा समेटिएका विषयवस्तुहरूमा आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।
