काठमाडौँ ः कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यहि फागुन १८र २० गते भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ। समाजिक अभियान्ता एबम चलचित्र निर्माता चक्र बहादुर चन्दका अनुसार कार्यक्रको समुदघाटन नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का द्वारा गरिने भएको छ। कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न क्षेत्र भाषा, साहित्य, पर्यटन, रीतिरिवाज, संस्कृति, परम्परालाई विश्वमा चिनाउने उद्देश्यले यों महोत्सव आयोजना गरिएको चन्दले जानकारी दिए। साथै कर्णालीमा छयाङ कन गरिएका २चलचित्र प्रकाश र बुलाकी प्रर्दशन गरिने भएको छ।
चन्दले भने – यो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यहि फागुन १८र१९ गते काठमाडौंको पर्यटन बोर्डमा र चैत्र ३गते सुर्खेत जिल्लामा हुन्छ। यस कार्यक्रमा सम्पूर्ण मानुभावहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।यसको मुख्य उद्देश्य कर्णालीमा चलचित्र छायांकन गर्न,पर्यटन प्रवर्द्धन गर्ने, कर्णालीका सम्भावना उजागर गर्न यस महोत्सवको आयोजना गरेका छौँ।