बैतडीमा एक बालकको हत्या भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका दीपक साउँदका २ वर्षीय छोरा रेशम साउँदको हत्या भएको हो ।
रेशमको बाजे ५० वर्षीय गणेश साउँदको कुटाईबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
यस्तै गणेशकै कुटाईबाट ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।
बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेशले उनीहरुमाथि कुटपीट गरेको खुल्न आएको छ ।
कुटपीटपछि गम्भीर रहेका रेशमको डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने जनाएको छ ।
रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा छन् ।
साउँदले आफ्ना नातीहरुमाथि किन कुटपीट गरे भन्ने कुरा खुल्नसकेको छैन् । तर उनी मानसिक बिरामी रहेका पारिवारिक श्रोतले जनाएको छ ।