काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपौयाँ जरिवाना तिरेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागतका क्रममा फोहोर गरेको र आसपासका रुखहरूमा क्षति पुर्याएको भन्दै महागरले एक लाख जरिवानाको पत्र काटेको थियो।
सोही अनुसार राप्रपाले आज सोमबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितको टोलीले एक लाख महानगरको खातामा दाखिला गरेको शाहीले जनाएका छन्।
‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ-बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’ शाहीले फेसबुकमा लेखेका छन्।