राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सभामुखले तोकेको समयमा असन्तुष्टि जनाएका छन् । सभामुख घिमिरेले सोमबार आकस्मिक समयको लागि २ मिनेटको समय दिएका थिए ।
‘गम्भीर विषयमा बोल्न दिएर आधा समयमा माइक काटिन्छ । विधिको शासनमा यस्तो हुँदैन । अनुरोध गर्न चाहन्छु । संसद जहिले पनि प्रतिपक्षको हो,’ उनले भने ।
उनले सर्लाहीका सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गरे ।
‘गृहमन्त्रीलाई जवाफ दिन त्यो कुर्सीबाट रुलिङ गर्दिनुस् । होइन भने भोलि हतियार उठेर दिन दहाडै मान्छे मारिन थाले भने यसको जवाफ कसले दिन्छ,’ शाहीले भने ।