महेन्द्रनगर म्युजिमका संचालक समेत रहेका क्याप्टेन क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक बजारमा ल्याएका छन। बिहीबार महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पुुस्तक बिनोचन गरेका छन ।

पाईलटको जिवनमा आधारित उक्त पायलट प्रेम नामक उपन्यासमा उड़ान क्षेत्रका अनेक थरी नेपथ्यको झल्को पाउन सकिन्छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेती आफैमा एक बिलक्षण प्रतिभाको उपज हून मैले उहाका कयौ पुस्तक पढिसकेको छू फेरी नयाँ पुस्तक बजारमा ल्याएको देख्दा अत्यन्तै हर्षित भएको बताए ।

उक्त कार्यक्रमका संचालक समेत रहेका नागरिक सरोकार समूहका प्रवक्ता, वरिष्ठ समाजसेवी, शिक्षा बिद्, सुदुरपश्चिम विश्व बिधालय सिनेट सदस्य डा.कृष्ण दत्त जोशी(बोक्सर)ले नेपाली छोरोले देश बिदेशमा मातृभूमिको माटोलाई चीनाएका बहु प्रतिभाका धनि क्याप्टेन बेदको साहित्यिक सिर्जनाहरु उच्चकोटिको हुने बताए।

नेपालको सुदूरपश्चिममा जन्मिएका क्याप्टेन बेद उप्रेती तीन दसक भन्दा बढ़ी समय देखि उड़ानमा छन। दर्जन पुस्तक लेखि सकेका उप्रेतीका ‘एभरेस्ट फ्रम द एयर ‘थ्री सिक्स्टी डिग्री एभरेस्ट फ्रम अ पायलटस आई भ्यू’,नेपाल फ्रम द स्काई पुस्तकहरु प्रसिद्ध रहेका छन।
