बैतडी : मेलौली नगरपालिका–०९ रोकटा वर्तोलाका हर्ष बहादुर चन्दको ४२ वर्षे शिक्षण पेसासगैं विदाई गरिएको छ। विशालपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका– ०९ मा ४२ वर्ष शिक्षकको रुपमा सेवा गरेका चन्दको अनिवार्य अवकास पछि विदाई गरिएको शिक्षक लक्ष्मण दत्त भट्टले जानकारी दिनुभयो।
आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि चन्दको विदाई गरेको छ। विद्यालय व्यवस्थापन समितिका कार्यबहाक सुरेन्द्र प्रसाद भट्टको सभाध्यक्षता तथा वडाध्यक्ष लोकराज भट्टको प्रमुख आथित्यमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुले बाक्लो उपस्थितिमा विदाई गरिएको विद्यालयले जनाएको छ।
विःस २०३९ सालदेखी अस्थाई शिक्षकको रुपमा अध्ययन गरेका चन्द २०४७ सालमा स्थाई भएका थिए। प्रावि तह दित्तीय श्रेणीका शिक्षक चन्दले विशालपुरमै ४२ वर्ष शिक्षण सेवा गर्नुभएको विद्यालयका प्रधानाध्यापक खड्क सिह बिष्टले बताउनुभयो।
विद्यालयको शैक्षिक प्रगतीमा महत्वपूर्ण भुमिका खेलेका चन्दको विदाईमा सांस्कृतिक कार्यक्रमसगैँ फुलमाला अबिर र खादा ओढाई सम्मान गरिएको जनाईएको छ। विदाई कार्यक्रमम विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी, वडाध्यक्ष, नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष, कार्यबहाक विद्यालय व्यवस्थापन समिति अध्यक्ष र अभिभावकको बाक्लो उपस्थिती रहेको थियो।
चन्दको बिदाईमा सबै भावुक बनेका थिए। विदाई समारोहमा बोल्दै शिक्षक चन्दले आफ्नो सेवा अवकाससगैं विद्यालयलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गरिरहने बताएका थिए।