बैतडी: सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी गणेश चन्दलाई गृह जिल्ला बैतडीमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ। पञ्चेश्वर गाउँपालिका–४ बन्ना नौला पुख्र्यौली घर भएका डिआइजी चन्दलाई पञ्चेश्वर गाउँपालिकामा सम्मान गरिएको हो।
पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द लगायतले डिआइजी चन्दलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरेका छन् । उनलाई बाजागाजासहित स्वागत र सम्मान गरिएको हो। डिआइजी चन्दले आजै पुख्र्यौली थलोमा पर्ने गमणेश्वर मन्दिरको दर्शन र बन्नामा निर्माण भइरहेको उदयदेव मन्दिरको अवलोकन गरेका थिए ।
डिआइजी चन्दले उदयदेव मन्दिरमा निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द पारिवारिक र व्यक्तिगत कामले बैतडी पुगेका र उनी आजै धनगढी फर्केका जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।