बैतडी : मेलौलीमा नगरस्तरीय अन्तर मा.वि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मेलौली नगरपालिकाको आर्थीक सहयोग र विशालपुर माध्यमिक विद्यालयको आयोजनामा अन्तर मा.वि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको जनाईएको छ।
कार्यक्रम विशालपुर माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खडक सिह विष्टले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु भट्टको सभाध्यक्षता र नगर प्रमुख भिम बहादु चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक विष्टले जानकारी दिनुभयो।
कार्यक्रममा ८ माध्यमिक विद्यालय सहभाग भएका थिए। मेलौली नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८१ मा निर्धारीत नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागि विद्यालयहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए। विद्यालयहरुको प्रस्तुती अनुसार विशालपुर माविको प्रस्तुती उत्कृष्ट भई प्रथम भएको छ। यसैगरी धर्मघर मावि द्धितीय, कमलपुर मावि तृतीय र दुर्गा मावि सान्त्वना स्थान आएको जनाईएको छ।
कार्यक्रममा सहभागि विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।