बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी मेलौली नगरपालिका १को कार्यसमिति चयन भएको छ। सोमबार सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको राप्रपा नेता प्रकाश सिह नायकले जानकारी दिनुभयो।

नयाँ कार्य समितिको अध्यक्षमा बिर ब. चन्द सर्वसम्मत चयन भएका छन। यसैगरी उपाध्यक्षमा पार्वति देवी , धन बहादुर चन्द सचिवमा हर्ष बहादुर चन्द लगायत २१ सदस्यीय कार्य समिति गठन गरिएको जनाईएको छ।