सुदुर पश्चिमीको महान चाड माघी सकरान्तिको अवसरमा माघी विशेष कार्यक्रम सम्पन्न

असाहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र महेन्द्रनगर कन्चनपुरले सुदुर पश्चिमीले समुदायको महान चाड माघी सकरान्तिको अवसरमा माघी विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम महेन्द्र स्मारकमा धुमधामका साथ सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष मन्जु गिरीले गरिन् भने, प्रमुख आतिथ्य डा. टी एन जोशी (सुदुरपशिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति) र विशिष्ट अतिथि डा. टेक राज पन्त, डा. कृष्ण दत्त जोशी (बोक्सर) थिए। कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरू, कलाकारहरू र साहित्यकारहरूको उपस्थिति समेत रहेको थियो।

डा. टी एन जोशीले कार्यक्रमको अवसरमा यो प्रदेशका सबै स्रष्टाहरूको पहिचानका लागि ‘श्रष्टा परिचय कोष’ अन्तिम चरणमा रहेको जानकारी दिए। यसका साथै, डा. बोक्सरले साहित्य र संस्कृति जगेर्नामा लागेकाहरुले हाम्रो पहिचानलाई जोगाएको औंल्याए।

शिक्षक जगदीश ओझाले मकर सक्रान्तिलाई धार्मिक, सांस्कृतिक, सामाजिक र वैज्ञानिक दृष्टिकोणले महत्त्वपूर्ण बताउँदै यस अवसरमा विविध गतिविधिहरूको आयोजना हुनु अत्यन्त सराहनीय रहेको बताए।
कार्यक्रमलाई अझ आकर्षक बनाउन सुदुरपश्चिमी कला र संस्कृतिको झल्को दिने नृत्य, गीत र कविता प्रस्तुत गरिएका थिए। यस कार्यक्रमले सुदुरपश्चिमी सांस्कृतिक विविधता र पहिचानको सम्मान गर्दै सबैलाई एक जुट गराएको थियो।
कार्यक्रमको समापनमा उपस्थित व्यक्तिहरूले आ-आफ्नो विचार र राय प्रस्तुत गरेका थिए ।
