दीपक देउवाको प्रेरणादायी कथा: अलपत्र ब्राह्मणको छोरीलाई उद्धार गरी नयाँ जीवनको सुरुवात*
पुष २६ गते आफ्नो बुवाको पुण्य तिथिमा, समाजसेवी तथा उद्योगपति दीपक देउवाले एक प्रेरणादायी कदम चालेका छन्। करिब २० वर्षदेखि अलपत्र परेकी ब्राह्मणकी छोरी मथुरा जोशीलाई उद्धार गर्दै उनको लागि घर निर्माण गरिदिए। साथै, उनले बृद्ध आमाको लागि लत्ता कपडादेखि उपचारसम्मको सम्पूर्ण व्यवस्था गरे।
को हुन् दीपक देउवा?
दीपक देउवाको पुर्ख्यौली घर डोटीको करौडि हो भने हाल उनी भिनापा ८ तिलाचौरमा बसोबास गर्छन्। उनका बुवा स्वर्गीय धनबहादुर देउवा (वैदार साब) र आमा स्वर्गीय नारुमती देउवाको कान्छा सुपुत्र दीपक देउवा एक सफल उद्योगपति र समाजसेवीका रूपमा परिचित छन्।
बुवाको देहान्त पछि दीपकलाई १३ वर्षकै उमेरमा उनकी दिदी कलावती र भिनाजुको संरक्षणमा भारतको बेंगलोर पठाइएको थियो। त्यहाँ दिदी-भिनाजुले सञ्चालन गर्दै आएको बेकरी र आइएसडी पिसियोबाट दीपकले आफ्नो यात्राको सुरुवात गरे। बिहान सबेरै उठेर करिब ३००-४०० घरमा दूध पुर्याउने काम गर्दै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिए। जीवनभरको मिहिनेत र संघर्षले उनले आफूलाई सफल उद्योगपतिमा स्थापित गरे।
बुवाको संस्कारले प्रेरित बने दीपक
दीपकका बुवा स्वर्गीय धनबहादुर देउवा समाजसेवामा निकै सक्रिय थिए। उनकी दिदी कलावतीले पनि यो नैतिकता र संस्कारलाई अगाडि बढाउँदै दीपकलाई प्रेरणा दिइन्। उनले भनिन्, “हाम्रा बुवा जहिल्यै गरिब र दिनदुखीका लागि बलियो खम्बा बन्नुहुन्थ्यो। हामीले पनि त्यस्तै सत्कर्म गर्न सक्यौं भने उहाँको आत्माले शान्ति पाउनेछ।” यो सन्देशले दीपकको जीवनलाई बदल्यो। उनले समाजसेवाको प्रण गर्दै गरिब र पीडितको उज्यालो ज्योति बन्ने संकल्प गरे।
मथुरा जोशीलाई नयाँ जीवन
झण्डै ७० वर्षकी वृद्धा मथुरा जोशी, जो वर्षौंसम्म खुला आकाशमुनि जीवन बिताइरहेकी थिइन्, आज दीपकको सहयोगमा सुरक्षित घरमा बस्न पाएकी छिन्। दीपकले यो घर निर्माणमात्रै गरेनन्, उनले वृद्ध आमाको उपचार, लत्ताकपडा र अन्य आवश्यकता पूरा गर्ने जिम्मेवारी पनि लिए।
पुष २६ गते स्वर्गीय बुवाको पुण्य तिथिका अवसरमा घर निर्माणपछि पूजापाठ गरियो। वृद्धा मथुरा जोशीलाई नयाँ घरमा प्रवेश गराई गाउँका सबैलाई भोजन गराइयो।
समारोहमा उपस्थित व्यक्तित्वहरू
घरको उद्घाटन प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा शिक्षाविद् डा. कृष्ण दत्त जोशी (बोक्सर) द्वारा गरिएको थियो। विशिष्ट अतिथिमा वार्ड नं. ८ की सदस्य बबिता जोशी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति थियो।
घर बनेपछि मथुरा आमाले खुशी व्यक्त गर्दै भनिन्, “अब मैले सुरक्षित बास पाएकी छु। जीवनमा यस्तो दिन देख्ने आशा पनि गरेको थिइनँ। दीपकको यो योगदानले मेरो जीवनलाई नयाँ उज्यालो दिएको छ।”
दीपकले भने, “समाजमा सत्कर्मले मात्रै आत्माको शान्ति मिल्छ। यो कार्यले मेरो बुवाको आत्मालाई शान्ति मिल्नेछ। यसले मलाई आगामी दिनमा अझै धेरै समाजसेवाका कार्य गर्न प्रेरित गराउनेछ।” दिपक सधै भरि यसरि नै
अन्धकारमा भट्किएकाहरुको ज्योति बनेर उज्यालो छाइरहनु हार्दिक सुभकामना