
सुदूरपश्चिम प्रदेशको पहिलो आईटी कलेज वेदकोटमा स्थापना
सुदूरपश्चिम प्रदेशको पहिलो आईटी कलेज वेदकोट नगरपालिका वडा नम्बर ७, सुडा घटाल स्कुल छेउमा स्थापना भएको छ । मेगासेवा होल्डिङ प्रा.लि. द्वारा सञ्चालित यो कलेजको उद्घाटन आज एक भव्य समारोहका बीच वेदकोट नगरपालिकाका मेयर भोजराज बोहोराले गरे।
आधुनिक प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य
उद्घाटन समारोहमा मेयर भोजराज बोहोराले आधुनिक प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न कलेजले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले स्थानीय स्तरमै उच्चस्तरीय आईटी तालिम उपलब्ध गराउनु सुदूरपश्चिम प्रदेशको शिक्षामा ऐतिहासिक उपलब्धि भएको बता
कलेजले विभिन्न क्षेत्रका व्यावसायिक, भाषिक, र प्राविधिक तालिम प्रदान गर्ने योजना ल्याएको छ। उपलब्ध कोर्सहरू निम्न प्रकारका छन्:
- कोरियन भाषा: कोरियामा रोजगारी र अध्ययनका अवसरका लागि।
- जापानी भाषा: जापानमा रोजगारी र अध्ययनका लागि।
- अंग्रेजी भाषा: अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सञ्चार क्षमतामा सुधारका लागि
- फ्रन्टएन्ड र ब्याकएन्ड डेभलपमेन्ट।
- वेबसाइट निर्माण र ग्राफिक्स डिजाइन।
- साइबर सुरक्षा तालिम।
- डिजिटल मार्केटिङ र ई–कमर्स तालिम।
- बेसिक र एड्भान्स कम्प्युटर तालिम।
- भिडियो एडिटिङ र मल्टिमिडिया तालिम।
- बिजनेस आइडिया विकास।
- सेयर बजार लगानी तालिम।
- मोटिभेशनल तालिम।
- पब्लिक स्पिकिङ तथा प्रस्तुतीकरण कला।
स्थानीय बासिन्दाहरूले यो आईटी कलेजलाई सुदूरपश्चिमको शिक्षामा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्। कलेजले युवाहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा उनीहरूले आशा व्यक्त गरे।

आधुनिक शिक्षा प्रणाली र उद्यमशीलतामा योगदान
कलेजले आधुनिक प्रविधिमा आधारित शिक्षा प्रणाली ल्याउँदै युवाहरूलाई सशक्त बनाउन तथा उद्यमशीलता र व्यवसायिक सीप अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यो कलेजले सुदूरपश्चिम प्रदेशमा रोजगारीका नयाँ ढोका खोली क्षेत्रका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।
स्रोत: वेदकोट, कञ्चनपुर
