स्व धन बहादुर देउवा (बैदार) र स्व आमा नारुमति देउवा का कान्छा सुपुत्र समाजसेवी तथा उद्योगपति दीपक देउवा एकपछि अर्को सामाजिक कार्यमा सक्रिय रहेका छन्। गत सातासम्म कञ्चनपुरका विभिन्न स्थानमा गरिब र असहायहरुलाई न्यानो लुगा वितरण गरेका देउवा अहिले दीनदुखी र असहाय परिवारको घर निर्माणमा जुटेका छन्।
जन्म थलो बझाङ्ग जुजीको एक वृद्ध महिला, २० वर्षदेखि घरविहीन भएर सडकको छेउको टहरा अगाडि खुला आकाश मुनि बास बस्दै आइरहेकी थिइन् । अत्यधिक चिसोको मौसममा पनि यी वृद्ध महिला आफ्नो असहाय अवस्था झेल्दै घरको अगाडि कपडाको बार लाएर सुत्दै आइरहेकि थिईन। मानसिक सन्तुलन बिग्रिएकी यी वृद्ध महिलाको उद्धार गर्ने अभियान दीपक देउवाले सुरू गरेका छन्।
स्थानिय धनराज जोशीको घर अगाडि बृद्ध महिलाको लागि घर बन्न गैरहेको छ भने बलराम शार्कीले घरको व्यवस्थापनमा सहयोग गर्दै छन्। दीपक देउवाको एकल प्रयासले वृद्ध महिलाको लागि नयाँ आशा र जीवन पाउने अवसर प्रदान गरेको छ।
समाजका यस्ता साहसी प्रयासहरू समग्र समुदायका लागि प्रेरणा बनेका छन्, र यसले एकजुट भएर गरीव र असहायहरूको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ।