
आज पुष १५ आज देखि ह्वात्तै चिसो बढ़न थालेको छ । हाम्रो जस्तो अल्प बिकशित देशमा बर्षेनी चिसोको कारण कयौ मान्छेको ज्यान समेत जाने गरेको छ । यसै कुरा लाइ मध्यनजर गरेर कंचनपुरको भी न पा १४ बनकट्टी मा न्यानो लूगा बितरण गरिएको छ। भी न पा ८ तिलाचौर निवासी समाजसेवी तथा उद्योगपति दीपक देउवाले निम्न तथा बिपन्न ४० घर परिवार लाइ न्यानो लूगा बितरण गरेको हो।

भी न पा १४ को वड़ा कार्लायमा एउटा कार्यक्रमको आयोजना गरी न्यानो लूगा बितरण गरिएको हो। उक्त कार्याक्रममा प्रमुख अतिथी वरिष्ठ समाजसेवी शिक्षा बिद डा.कृष्ण दत्त जोशी(बोक्सर)बिशिस्ट अतिथि,भी न पा का प्रशासकीय अधिकृत हरि सिंह धामी सभापति भी न पा १४ वडा अध्यक्ष भोज राज जोशी ,समाजसेवी तथा ब्यबसायी पूर्णानन्द जोशी लगयातका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

उक्त कार्याक्रम लाइ सम्वोधन गर्दै वरिष्ठ समाजसेवी शिक्षा बिद डा.कृष्ण दत्त जोशी(बोक्सर)ले मनकारी मन सबैको हुदैन पैसा त धेरैले कमाउछन तर त्यो पैसा सही ठाउमा भन्दा पनि मोज मस्तीमा उड़ने गर्दछ । थोरै मन यस्ता हुन्छन जसले आफु जलेर पनि समाज लाइ उज्यालो दिई रहेका हुन्छन। त्यसैका ज्वलन्त उदाहरण आज हामीले प्रत्यक्ष रुपमा देख्न पाएका छौ भन्दै समाजसेवी दीपक देउबा लाइ मनकारी मन भनेर उहाको संघर्ष को कहानी समेत सुनाएका थिए । त्यस्तै प्रशासकीय अधिकृत हरि सिंह धामीले मान्छे भएर जन्मे पछि पुण्यको काम गरेर जानू पर्ने र दीपक देउवा जस्ता मनकारी मन हरु लाइ हाम्रो समाजमा पाउनु हाम्रो लागि गौरव को बिषय रहेको बताउनु भयो। त्यस्तै भी न पा १४ का वडा अध्यक्ष भोज राज जोशीले जसको मन चंगा कटौतीमा गंगा अर्थात जसको हृदय शुद्ध हुन्छ उसको लागि ईश्वर सधै प्रकट हुने बताउनु भयो।

साथै श्री महेन्द्रनगर माध्यमिक बिधालय कटान -१८ राधे राधे टोलमा बौद्धिक अपांगता भएका बालबालिका १५ जना लाई सुईटर,ट्रेकसुट,सहित न्यानो लुगा बितरण सँगै मुख्य मूल गेट निर्माणमा सहयोग गर्ने आश्वासन समेत दिनु भएको छ ।
भोली फेरी माता कुटिया तिलाचौरमा गरीब बिपन्न बर्गलाइ न्यानो लुगा बितरण गरिने कार्यक्रम रहेको छ


