थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना भएको हो।
दुर्घटना दक्षिण कोरियाको विमानस्थलमै भएको हो।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए।
अधिकारीहरूले ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्।
उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।
दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।