१० पुस, पेरिस । मङ्गलबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।
एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसीएफले बुधबार जनाएको छ ।
पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो ।
यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मङ्गलबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घन्टासम्म ढिलाइ भएका थिए ।