काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारीपछि प्रहरी प्रमुख पनि तानिएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी भावेश रिमाललाई हटाएर गौतम मिश्रलाई पठाएको छ ।
रिमाल गत चैतमा चितवनको प्रहरी प्रमुखका रुपमा पुगेका थिए । यसअघि गत जेठमा जिम्मेवारी पाएका चितवनका सीडीओ इन्द्रदेव यादवको पनि त्यहाँबाट सरुवा भएको छ ।
रिमाललाई मानव बेचबिखन अनुसन्धान व्युरो ल्याइएको छ । मिश्र यसअघि उक्त व्युरोमा थिए । एसपीका रुपमा मिश्रले यसअघि धादिङ प्रहरी प्रमुख भएर काम गरेका छन् ।