मिति २०८१ भाद्र १८ गते बाँके जिल्लामा राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस बि.पि. र शिव सेना नेपालको सयूक्त बैठक बसेको छ । सो बैठकले विभिन्न धार्मिक संघ–संगठन संग समन्वय गर्दै आगामी मंसिरमा हुने जनआन्दोलनका सम्बन्धमा छलफल गरेको छ । बैठकले सवै राष्ट्रवादी शक्तिहरुसँग समन्वय, सहकार्य गर्ने निर्णय गर्दै जिल्ला आन्दोलनका सम्बन्धमा तयारीको बारेमा समेत छलफल गरेको छ । उक्त छलफलमा संर्घस समिति पनि गठन गर्ने निर्णय गरेको छ । उक्त संर्घस समितिको काम राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै आन्दोलनलाई प्रभावकारी बनाउने रहेको संयूक्त बैठकले बताएको छ ।