समाजसेवी प्रभात राज पाण्डेय राष्ट्रिय शक्ति नेपालको प्रकाशन बिभाग प्रमुखमा मनोनीत हुनुभएको छ । राष्ट्रिय शक्ति नेपालका चैयर मैन केशर बहादुर बिस्टको हातबाट मनोनीत हुनुभएका समाजसेवी प्रभात राज पान्डेयले आफुले सो पद पाउदा गर्व महसुस गरेको बताउनु भयो ।
काठमाडौ को नयाँ वानेश्वर स्थित अर्पण पाटी प्यालेसमा एक भब्य समारोह गरि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अग्रजहरुले बिश्वास गरेर दिएको यो जिम्मेवारीले मलाइ अझै गम्भीर बनाएको छ । म उहाँहरुको यो बिश्वास प्रती आभार ब्यक्त गर्दै पाएको जिम्मेवारी जुनसुकै हालतमा पनि सफलता पुर्वक सम्पन्न गर्ने पाण्डेयले बताउनु भयो ।