१० असार, धनगढी । धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका(२ को रिङरोड र टीकापुर नगरपालिका(९ बालुटारबाट भन्सार छली गरेको पाँच लाख ५० हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किरानापसल समानहरु रहेको डीएसपी बोहोराले बताए ।