प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनको शपथ ग्रहण समारोहमा भाग लिन त्यता जान लागेका हुन्।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।
तेस्रो पल्ट भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन्।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए। मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल ९युनाइटेड० र १६ सिट जितेको तेलगु देसम पार्टी ९टिडिपी० ले समर्थन गरेको छ।
मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायतलाई पनि निमन्त्रणा गरिएको छ।
प्रधानमन्त्री प्रचण्डका साथ उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहनेछन्। प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ।