जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
त्यस्तै कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखले बुलेटिन जारी गरी जानकारी दिएको छ।
त्यस्तै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।