महान सहिद भिमदत्त पन्त को योगदानलाई छोडि दिने हो भने सु प को लोकतान्त्रिक आन्दोलन को इतिहास अपुरै रहनेछ।
भिम दत्त कुसल सङ्ग्ठक थिए । उनको उदय यस्तो समाजमा भएको थियो । जुन ठालुहरुद्वारा प्रदाडित र सामन्तहरु बाट शोशित थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सहिद दशरथ चन्दको जुन स्थान छ ,त्यही स्थान तत्कालिन समाजिक एबम राजनैतिक परिस्थितिहरुमा सहिद भिम दत्त को छ।

संचार माध्यमहरुको अभाव ,दुर्गम पहाडी बाटो शिक्षा र यातायात को कमि जनतामा अपेक्षाकृत चेतनाको पनि कमि भएको समाजिक र भौगोलिक अवस्थामा करिब चार सय जनतालाई सैनिक समुहको रुपमा परिचालन गरि क्रान्ति को नेतृत्व गर्न सामान्य कुरो होइन जुन भिम दत्त पन्तले गरि छाडे ।
भिम दत्त जातिबाद ,अन्धबिस्वास गलत परम्पराहरुका बिरोधी थिए ।
उनको धारणा कुनै पनि ब्यक्ति गरिब नहोस सम्पुर्ण ब्यक्ती सामानताको आधारमा रहनु ,सामन्त को नास होस ,जमिनको मालिक किसान होस ,।
काम गर खाउ,कसैलाइ नदबाउ। कित जोत हलो कित छोड थलो ,हैन भने अब छैन भलो । हेय दृस्टीले कसैलाइ नहेर,राणा र सामन्तिको सस्कार नराख आदि उनका प्रमुख नारा थिए।
भिम दत्त साचो अर्थमा क्रान्तिकारी ,प्रजातान्त्रिक ,एबम दुरदर्सी थिए। अब भिम दत्त को बाटो सबैले हिड्नु पर्ने अनिवार्य भैसक्यो ।
गौरव जोशि