अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटी अध्यक्षमा बिशाल खड्का निर्वाचित भएका छन। चैत्र २८ गते काठमाडौको बालाजु स्थित बालाजु इन्जिनियरिङ कलेजमा भएको सम्मेलनमा विध्यार्थी बीच अत्यन्तै लोकप्रिय नेता खड्काको नेतृत्वमा गठन भएको ३५ सदस्यीय कमिटीमा ९ पदाधिकारी रहेका छन।
जसको उपाध्यक्षमा क्रमशः सिपी न्यौपाने, सुमित चौधरी र सुदर्शन दाहाल रहेका छन। त्यसैगरी कमिटीको सचिबमा रुप सिंह सुनार, सह-सचिबमा यम कुमार गेलान, सुजन दुवाडी र रेश्मा रावल रहेका छन। अर्को महत्त्वपूर्ण जिम्मेवारी कोषाध्यक्षमा अजय कठायत चयन भएका छन।
अनेरास्ववियुको संरचनामा महत्त्वपूर्ण मानिने उक्त कमिटीले आफ्नो कार्यक्षेत्र अन्तर्गत विध्यार्थी हकहितका लागी निरन्तर काम गर्दै आइरहेको र नयाँ कमिटी थप प्रभावकारी ढङ्गले अगाडी बढ्ने नव-निर्वाचित अध्यक्ष खड्काले बताए।

