अनिल क्षेत्री,बझाङ नेपाल
बझाङ: मष्टा गाउँपालिका ६ को रोकाया टोलका आगलागी पीडितहरूलाई गाउपालिकाले राहत वितरण गरेको छ ।
आगलागी पीडित तीन परिवारलाई मष्टा गाउँपालिकाले सान्त्वना स्वरूप तत्कालको लागी खाद्यान्नका लागी चामल, ,पाल, व्ल्याकेट लगाएतका सामग्री वितरण गरिएको मष्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद सुवेदीले जानकारी दिनुभयो । विपदमा परेका बेला सबैले सहयोग गर्न आवश्यक रहेकाले सहयोगका लागी सबै सँग उहाँले आह्वान समेत गर्नुभयो । साथै यो समय आगलागी बढि हुने समय भएकाले बिपत जुन सुकै समय पनि आउन सक्ने भन्दै सबैलाइ सतर्कता, र सचेत बन्न आग्रह समेत गर्नुभयो ।
आज सोमवार दिउसो आगलागी हुदा एकै धुरी भएका स्थानीय विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घर जलेर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागी बाट घरभित्र भएका सुनका गहना, नगद पैसा, अन्नपात र बन्दो बस्तीका सामान समेत जलेर नष्ट भएको जनाइएको छ । मष्टा गाउँपालिकाको अस्थायी प्रहरी चौकीबाट खटिएका सुरक्षा कर्मीका साथै स्थानीयहरूले आगो नियन्त्रणमा लिएका थिए ।
हावाहुरीका कारण आगो भीषण रूपमा फैलिएपछी निभाउन समस्या भएको थियो । आगो लाग्नुको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
साभार साईपाल एफ एम बझांग
