काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमामा कुटाकुट भएको छ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार बिहान बसेकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको हो।
विक्रम पाण्डे पक्षधरले श्रेष्ठमाथि हातपात गरेकाे हाे।
बैठकका क्रममा नेता श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भएको आरोप लगाएका थिए। त्यसपछि दुवै पक्षधरबीच भएकाे भनाभनले उग्र रूप लिएकाे हाे।
खाना खाने समय भएको भन्दै बैठक स्थगित गरेको बेला श्रेष्ठमाथि आक्रमण भएको हाे।