काठमाडौ ः पुलिसका रविन चन्द ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। बिहीबार सम्पन्न ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो।
चन्द सर्वोत्कृष्ट खेलाडी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक पुलिस क्लवकै चन्द्र कुँवर घोषित भए। उदयमान खेलाडी पहल गहतराज घोषित भए भने बेस्ट ब्लकर पुलिसकै रविन नगरकोटी, बेस्ट स्पाइकर एपीएफका हेमन्त मल्ल घोषित भए।
बेस्ट सर्भर गण्डकीका जीवन सुनार घोषित भए भने बेस्ट लिब्रो पुलिस क्लवका भिम गाह र बेस्ट सेटर पुलिस क्लबकै यम राना मगर घोषित भए।