काठमाडौँ – निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले आइतबार सातै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् मतदाताको नाम सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपानिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन्।
कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपानिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १० हजार १३५ कायम भएको छ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या १०७ तथा गाउँपानिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्।
मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १० हजार सात ४४ मतभार कायम हुनेछ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १० हजार ३३३ कायम भएको छ।
