काठमाडौँ ः कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले पार्टीमा अन्तरघात गर्ने रोग लागेको बताएका छन्। बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा जारी प्रथम मधेस सम्मेलनको उद्घाटन सत्रमा सभापति देउवाले कांग्रेसमा अन्तरघात गर्ने रोग लागेकाले यसबाट मुक्त गरेर भर्सक आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थानान्तर गर्न सहयोग गर्न आग्रह गरे।
उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यो ठाउँबाट भोलिको दिनमा नेपालको राजनीतिलाई अझ बलियो बनाउनमा यो ठाउँले मद्दत गर्नेछ। कांग्रेसले भोलिको दिनमा नेपालमा पूर्ण रुपमा सरकार बनाउन सकोस्, अहिलेको बेला समानुपातिक प्रणाली भएकाले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ। त्यसैले अहिले हामी सबैभन्दा ठूलो पार्टी भएका छौँ।’