वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य नहुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग नेता कोइरालाले आर्थिक क्षेत्रमा देखिएको मन्दी अन्त्यका लागि अहिलेको सरकार परिवर्तन हुनुपर्ने बताएका हुन्।
आर्थिक मन्दी हटाउन र नागरिकमा आशा जगाउन सरकार परिवर्तन हुन आवश्यक रहेको नेता कोइरालाको भनाइ छ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता कोइरालाले नागरिकमा देखिएको निराशापन हटाउन सरकारको नेतृत्व परिवर्तन नै अपरिहार्य रहेको प्रस्ट्याए।
‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक बजेट यथाशीघ्र गर्नुपर्ने बताए।
‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभएको छ। तत्काल रिपोर्ट नागरिकमाझ सार्वजनिक गर्नुपर्यो’, नेता कोइरालाले भने।