काठमाडौँ — राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरुप्रति दु:ख प्रकट गरेको छ। घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलरसमेत गरिसकेको श्रेष्ठले बताएका छन् ।