रूकुम पश्चिममा भूकम्पमा परी घाइते भएका ७ जनालाई काठमाडौं ल्याइएको छ।
नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजमार्फत ७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए।
उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको पनि डीआइजी कडायतले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो।