बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले प्रदेश सरकार खारेजीको माग गरेका छन् । बाजुराको बुढिगंगा नगरपालिकास्थित फालासैनमा आयोजिक एक सभालाई सम्बोधन गर्दै शाहीले प्रदेश सरकार खारेजीको माग गरेका छन् ।
प्रभाबकारी रुपमा काम नगरेको र राज्यलाई भार मात्र थोपर्ने काम गरेकाले उनले प्रदेश सरकारको खारेजीको माग गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं प्रमुख सचेतक शाहीले तिहारपछि प्रदेश सरकार खारेजीका लागि पार्टीले सडक संघर्ष समेत गर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसै कात्तिक १५ गतेदेखी २० गते सम्म गुनासो संकलन अभियान सूरु गरेको छ ।
सुदूरपश्चिमका बिभिन्न जिल्लामा थालिएको सोही अभियान अर्न्तगत शाही आज बाजुरा पुगेका हुन् । बाजुरा जिल्लाबासीले सडक, खानेपानी, बाढी पहिरो, शिक्षा, स्वास्थ्य जस्ता विविध विषयमा आफूले भोग्नु परेका समस्याहरुबारे प्रश्न उठाएका थिए । जनताहरुले उठाएका प्रश्न र सवाललाई एक डेढ महिनाभित्र सम्बन्धित ठाउमा उठाएर समस्या समाधानका लागि पहल गरिने बताएका छन् । गुनासो संकलन अभियान कार्यक्रमलाई सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सुदूरपश्चिम प्रदेश सरकार सदस्य खीमा बिस्ट लगायत अन्य नेताहरुको उपस्थिीति रहेको थियो ।