काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।
पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए । अनुमति लिएर मात्र फोटो खिच्न पाइने बताउँदै तामाङले मिडिया तथा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न फोटो भिडियो खिच्न भने रोक नलगाइएको जानकारी दिए ।