राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रभावकारी काम गर्न नसकिएको बताए।
‘दोस्रो अधिवेशन प्रारम्भ भए यताको ६ महिनामा संघीय संसदले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो,’ उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्यो सभामुख महोदय। योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें। नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ।’