काठमाडौं । गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर जेलमुक्त भएका व्यक्ती फेरी पक्राउ परेका छन्।
चितवन प्रहरीले मकवानपुरको हेटौँडा स्थायी घर भई भरतपुर महानगरपालिका-९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका(१ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए । थापा ४ डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर गत जेठमा छुटेका थिए ।
थापाविरुद्ध लागु औषध, हात हतियार तथा खरखजना, चोरी लगायत कसुरमा पनि यसअघि मुद्दा दर्ता रहेको बताइएको छ ।