काठमाडौं । विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । कुशल भुर्तेलले अर्धशतक प्रहार गरेको छ ।
नेपालले ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ ।
कुशल भुर्तेल २६ बलमा ५० रन बनाएर खेल्दैछन् । आसिफ शेखले १९रन जोडेका छन् । कुशलले २ छक्का र तीन चौका प्रहार गरेका छन् । आसिफले १ छक्का र तीन चौका प्रहार गरेका छन् ।