काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।
नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका हुन् । उनलाई युएईका बलर अली नासिरले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले १२.४ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको छ ।
यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।