काठमाडौँ । अमेरिकाको ल्यूइस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा १६ जना मारिएका छन् । प्रहरीका अनुसार सो घटनामा संलग्न हतियारधारी अझै खुला रुपमा हिँडिरहेका छन् ।
प्रहरीले स्थानीय नागरिकलाई सावधान रहन आह्वान गरेको छ । प्रहरीका अनुसार विभिन्न स्थानमा भएका हमलाबारे अनुसन्धान भइरहेको छ । प्रहरीले संदिग्ध हमलाकारीको तस्बिरसमेत जारी गरेको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाको जानकारी दिइएको छ ।
सो घटनामा कम्तीमा ५० जना घाइते भएको बताइएको छ ।