काठमाडौँ । असन र न्यूरोड क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । न्यूरोडको मसान गल्ली र असनमा बिरामी अवस्थामा भेटिएपछि प्रहरीले उनीहरूलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय युवक छन् । अर्का युवकको पहिचान खुलेको छैन । उनीहरू ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमै बस्ने गरेका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।