काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका हुन् ।
उनलाई तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरे । एहसान खानले लिएको यो तेस्रो विकेट हो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३ ओभरमा ४७ रन बनाएको छ ।