काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधरका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए ।
पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ । राजाले गल्ती गर्दैनन् भन्ने परम्परागत मान्यता अझै रहेको छ ।’
पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रष्ट पारे ।