काठमाडौं । काठमाडौको भृकुटी मण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो ।
भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।