काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) सांसद धवल शमशेर जबराले नेपालगञ्जमा सद्भाव कायम राख्न अपिल गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद जबराले सदभावको शहर नेपालगञ्जमा अशान्ति नफैलाउन नेपालगञ्जबासीलाई आग्रह गरेका हुन्।
सांसद जबराले देशभर भइरहेका हिंसाका घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने,’सरकारलाई अनुरोध छ हिंसाका घटनाहरू तुरून्तै कन्ट्रोलमा ल्याउनुपर्यो। यो सबै जड मोबाइल हो। साइबर क्राइमलाई तुरून्तै कारबाहीको दायरामा ल्याउनुपर्यो।’
मंगलबार बिहान मुस्लिम समुदायले निकालेको विरोध र्यालीका क्रममा विवाद उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा कर्फ्यु जारी गरेको छ।