काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले चौथो विकेट गुमाएको छ।
भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।
भारतले १७ ओभरमा ४ विकेट गुमाएर एक सय ५६ रन जोडेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।